+
+

नयाँ नोट पाउँदा दंग (तस्वीरहरू)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८० असोज २९ गते १८:४१

२९ असोज, काठमाडौं । दशैं तिहारलगायत चाडबाडलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट सटही सुविधा दिन सुरु गरेको छ । काठमाडौं उपत्यकाभित्रको हकमा राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखाहरुमा नयाँ नोट साट्न पाउने सुविधा छ ।

बालुवाटारस्थित राष्ट्र बैंक कार्यालय परिसरमा नयाँ नोट पाएकाहरु खुसी देखिन्छन् । उनीहरु आज बिहानै नयाँ नोट साट्न लाइन बसेका थिए ।

राष्ट्र बैंकले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । अघिल्लो वर्षजस्तै यस वर्ष पनि हरेक व्यक्तिलाई १८ हजार ५ सय रुपैयाँसम्मको नोट साट्न पाउने सुविधा छ । सेवाग्राहीलाई ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ नोट साट्ने व्यवस्था मिलाइएको छ ।

काठमाडौं उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा गई नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
दशैं र तिहारमा हरेक वर्ष ६० देखि ७० अर्ब रुपैयाँ बराबरको नयाँ नोट राष्ट्र बैंकले वितरण गर्दछ ।

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?