+
+

सलमान खान स्टारर जासूस युनिभर्स फिल्म ‘टाइगर ३’को ट्रेलर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २९ गते १२:४३

काठमाडौं । सलमान खान, कट्रिना कैफ र इमरान हासमीको शीर्ष भूमिका रहेको जासूस ड्रामा फिल्म ‘टाइगर ३’ को एक्सन प्रधान ट्रेलर सार्वजनिक भएको छ । झण्डै तीन मिनेट लामो ट्रेलरमा सलमान र कट्रिनालाई खतरनाक एक्सन दृश्यमा देख्न सकिन्छ ।

ट्रेलरले फिल्मको कथावस्तुबारे महत्वपूर्ण खुलासा गरेको छ । यसपटक टाइगर पात्रको भूमिकामा देखिएका सलमानसामु दुई चुनौती छन् । परिवार र देश बचाउन उसले दुश्मनसँग गर्नुपरेको संघर्ष यसमा चित्रण गरिएको छ । सलमानको डायलग छ– ‘जबसम्म टाइगर जिउँदो छ, टाइगर हारेको छैन ।’

यो फिल्म बलिउड फिल्म निर्माता यशराज फिल्म्सको टाइगर युनिभर्सअन्तर्गतकै फिल्म हो । फिल्ममा सलमान र कट्रिनाको जबर्जस्त एक्सनले दर्शकलाई लोभ्याउन सक्छ । ट्रेलरको अन्तिममा भिलेनको भूमिकामा इमरान हासमी देखिएका छन् । उनी सलमानलाई ‘पाकिस्तानमा स्वागत छ’ भन्दै गरेको दृश्यमा देखिन्छन् ।

टाइगर ३ को ट्रेलरमा देशको रक्षा गर्ने भारतीय जासूस निकाय रअ एजेन्ट अविनाश सिंह राठौर फेरि एक मिसनमा निस्किएका छन्, तर यो मिसन उनको पहिचानको लागि हो । जीवनको २० वर्ष भारतको रक्षामा बिताएका अविनाश अर्थात् टाइगर अहिले देशद्रोही र दुश्मन साबित भएका छन् ।

किन यस्तो भयो र अविनाशले आफ्नो हराएको पहिचान फिर्ता पाउन सक्लान्, त्यो भने दीपावलीमा फिल्म रिलिज भएपछि मात्र थाहा हुनेछ । यो हिन्दीबाहेक तमिल र तेलुगू भाषामा पनि रिलिज हुँदैछ ।

यो एक्सन–स्पाइ थ्रिलरलाई मनिष शर्माले निर्देशन गरेका हुन् । आदित्य चोपडाले यशराज ब्यानरमा फिल्म निर्माण गरेका हुन् । यो फिल्म सन् २०१२ को ‘एक था टाइगर’ र सन् २०१७ को ‘टाइगर जिन्दा है’को सिक्वेल हो । यसअघि ऋतिक रोशन, टाइगर श्राफ र वाणी कपुरको ‘वार’ (२०१९) र ‘पठान’ (२०२३) मा रिलिज भएको थियो । जसमा शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम मुख्य भूमिकामा देखिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?