+
+

असन क्षेत्रमा किनमेल गर्नेको घुइँचो (तस्वीरहरू)

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २९ गते १५:१६

२९ असोज, काठमाडौं । हिन्दु नेपालीहरुको ठूलो पर्व दशैं नेपाली बजारमा सबैभन्दा धेरै किनमेल हुने समय हो । दैनिक उपभोग्य सामग्री, लत्ताकपडालगायतका सामानको बिक्री यही बेला हुन्छ ।

अझ विशेष गरी दशैंका बेला नयाँ लुगा लगाउने नेपालीहरुको चलन नै हो । त्यसैले हिजोआज काठमाडौं उपत्यकाका पसल र सपिङ् मलहरुमा किनमेल गर्नेको ठूलो भिड छ ।

काठमाडौंको पुरानो बजार असन, इन्द्रचोक, महावौद्ध आदि क्षेत्रमा किनमेल गर्नेहरुको भिड अत्यधिक छ । एकै क्षेत्रमा लत्ताकपडा, भाँडाकुँडालगायतका सामान पाइने भएकाले पनि यो क्षेत्र सर्वसाधारणको किनमेलका लागि रोजाइको क्षेत्र हो ।

साँघुरा गल्ली, मानिसहरुको धेरै भिडभाड, बाटोमा नै राखिएका पसल र मानिसहरु रोकिएर सामान किन्नुपर्ने भएका कारण भिड बढेको हो ।

हेर्नुहोस् तस्वीरहरू : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?