+
+

चांगनले ‘डिपल एस७’ ईभी एसयूभी गाडी चाँडै नेपाल भित्र्याउने

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ३० गते १२:४५

काठमाडौं । चाइनाको दोश्रो ठूलो र सबैभन्दा बढी अवार्डेड अटो कम्पनी, चांगन अटोले डीपल एस७ ईभी एसयूभी गाडी नेपाली बजारमा छिट्टै भित्राउने भएको छ ।

नेपालका लागि चांगन अटोको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले सन् २०२४ को फर्स्ट क्वाटर मा उक्त गाडी नेपाल भित्र्याउने जनाएको छ ।

चांगन अटोले आफ्नो गाडीहरूको माझमा पहिलो विद्युतीय गाडीलाई नेपाली बजारमा समावेश गर्ने तयारी गरी रहेको छ ।

चांगनले अत्याधुनिक प्रविधिबाट बनेको चांगन डीपल एस७ ईभी एसयूभीलाई नेपाली बजारमा सन् २०२४ को (फर्स्ट क्वाटर) मा ल्याउने भएको छ ।

डीपल एस७ ईभी एसयूभी एउटा महत्वपूर्ण गाडी भएको र यसले चांगन अटोलाई नेपाली बजारमा थप नयाँ आयाम प्रदान गर्ने कम्पनीले विश्वास गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?