+
+

फ्रान्सपछि बेलायतमा उडुस आतंक, लडाइँमा उत्रिंदै यो विशेष कुकुर

एजेन्सी एजेन्सी
२०८० कात्तिक १ गते ११:४७

फ्रान्सपछि अब बेलायतमा रगत चुस्ने शत्रुको कहर बढिरहेको छ । सोसल मिडियामा त्यसको भिडियोहरुको बाढी नै आएको छ । यो मानिसहरुको ओछ्यानदेखि बस र मेट्रोसम्म पुगिसकेको छ । हो, वास्तवमा फ्रान्सपछि अहिले बेलायतमा पनि उडुसको आतंक मच्चिएको छ ।

डेलीस्टारको रिपोर्ट अनुसार स्पानिएल प्रजातिको कुकुरले मानिसले भन्दा पनि छिटो गतिमा उडुुसको संक्रमणका बारेमा पत्ता लगाउन सक्दछ । त्यसैले उडुसबाट उद्धारका लागि यो कुकुरलाई बेलायतभर तैनाथ गरिएको छ ।

विज्ञका अनुसार मानिसलाई नखोजेको बेला उडुस रगत नपिइकन पनि एक वर्ष सम्म लुकेर बस्न सक्दछ । यो आमरुपमा ओछ्यान, सोफा तथा बिजुलीको सकेट लगायत यत्रतत्र बस्दछ ।

बेलायतको साउथ लनार्कशायरस्थित बिडिएल केनाइन सर्भिसका ब्रायन लिथ भन्छन्, ‘किट नियन्त्रणमा उडुसलाई खोज्नमै २० मिनेटसम्म लाग्न सक्दछ यदि त्यसलाई भेट्टाइहालियो भने पनि । होटलको पूरै तलामा उडुसको खोजी गर्नका लागि धेरुै समय लाग्दछ । तर उसले मेरो शरीर भने कैयन् पटक १० सेकेण्ड भन्दापनि कम समयमा पत्ता लगाएको छ ।’

कुकुर मालिक ६० वर्षीय एक व्यक्तिका अनुसार उनी स्कटल्याण्ड तथा उत्तरी इंगल्याण्डमा एक दिनमा पाँच वटा घरमा पुग्दछन् । औसतमा तिनवटा कोठाको बेडरुमका लागि १५० पाउण्ड देखि ३५० पाउण्ड सम्मको शुल्क लाग्दछ ।

पश्चिम योर्कशायरमा बस्ने लूसी क्यूर आफ्नो फ्लोएड नामक कुकुरसँगै पछिल्लो २ वर्षदेखि उडुस पत्ता लगाउने काम गरिरहेकी छिन् । उनी भन्छिन्, ‘फ्लोएडलाई यो काम मन पर्छ । उडुस पत्ता लगाएसँगै उसले निकै अनौठो हाउभाउ देखाउँछ । यो उसका लागि खेलजस्तै हो र उडुस पत्ता लगाएसँगै उसले टेनिस बल पाउँछ ।’

लूसीका अनुसार उडुसको संक्रमणले मानिसहरुलाई निकै दु:ख दिन्छ । यसले मानिसहरुलाई लज्जितसमेत बनाउँछ किनकि उडुसयुक्त फोहोर घरमा बस्दा इज्जत तथा प्रतिष्ठामै असर पर्न सक्दछ । तर उडुले भने विभेद गर्दैन ।

उडुस पक्रिनका लागि विभिन्न विद्यालयहरुमा स्निफर कुकुरहरुलाई तालिम दिइन्छ । यसका लागि बेलायतको बेडबग फाउन्डेसन तथा नेसनल एसोसिएसन अफ सेक्योरिटी डग युजर्स लगायतका संस्थाहरुले पनि काम गरिरहेका छन् ।

कतिपय होटलहरुले हरेक ३ महिनामा ती संस्थाहरुको सहयोग लिने गर्दछन् ताकि समयमै उडुसको संक्रमण पत्ता लगाउन सकियोस् ।

समाचार अनुसार उडुस केवल फ्रान्स र बेलायतमा मात्र नभई अन्य धेरै युरोपेली मुलुकहरुमा पनि फैलिएको छ । जसका कारण स्पानिएल प्रजातिको कुकुरको माग पनि बढेको छ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?