+
+

आगामी फिल्मबारे नारायण रायमाझी भन्छन्- ‘गोर्खापल्टन’ शैलीको परदेशी बनाउँछु

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १ गते १२:३०
फिल्म निर्देशक नारायण रायमाझी (बायाँ)

काठमाडौं । निर्देशक नारायण रायमाझीले परदेशिएकाको कथावस्तुमा आधारित रहेर आगामी वर्ष फिल्म बनाउने भएका छन् । उनले यो प्रोजेक्ट कुनै नयाँ फिल्म वा ‘परदेशी’को तेस्रो श्रृंखला समेत हुन सक्ने बताए ।

त्यसकै लागि भनेर ‘परदेशी २’ को ‘इण्डिङ’लाई ‘ओपन’ राखेको उनले जनाए । ‘सिर्जना जन्माउँदै जाँदा धेरै कथा बन्ने रहेछन् । एउटा परदेशीको कथा लेख्दा अरु परदेशीको कथा सिर्जना हुने रहेछन्,’ आगामी फिल्मबारे उनले भने ।

उनले आगामी फिल्मको कथावस्तु परदेशीसँग समरुप हुने र ‘गोर्खापल्टन’ स्टाइलको परदेशी समेत हुने संकेत गरे । ‘जसकै लागि भनेर परदेशी २ मा ठाउँ राखेको छु । यो मेरो ड्रिम प्रोजेक्ट समेत हो ।’

भविष्यमा ‘गोर्खा पल्टन’को सिक्वेल बनाउने सकिने पनि उनले बताए । रायमाझीको निर्माण र निर्देशन रहेको ‘परदेशी २’ शुक्रबारदेखि देशव्यापी प्रदर्शन भइरहेको छ । यसपटकको श्रृंखलामा उनले पैसा कमाउन अमेरिका भासिएको पात्रको सामाजिक र पारिवारिक प्रभावको कथा पेश गरेका छन् ।

प्रकाश सपुत र केकी अधिकारीको शीर्ष भूमिका रहेको यो फिल्मले सुरुवाती चार दिनमा एक करोड ९८ लाख ग्रस कमाइ गरेको दाबी रायमाझीले गरे । तर चलचित्र विकास बोर्डले फिल्मको आधिकारिक कमाइ सार्वजनिक गरेको छैन ।

पूर्वी नेपालका सहरभन्दा पश्चिमी र मध्य नेपालका सहरहरु बुटवल, पोखरा, नारायणगढ र नेपालगञ्जमा फिल्मको कमाइ राम्रो रहेको उनले बताए । काठमाडौंभन्दा मोफसलका हलमा फिल्म राम्रो चलेको उनको भनाइ छ । तर पूर्वी नेपालमा फिल्मको प्रदर्शन कमजोर रहेको रायमाझीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?