+
+

सशस्त्र प्रहरीको पम्पबाटै कम परिमाणमा डिजेल बिक्री

नवीन ढुंगाना नवीन ढुंगाना
२०८० कात्तिक १ गते १६:५४

१ कात्तिक, काठमाडौं । केन्द्रीय अनुगमन टोलीले काठमाडौंका थप २ वटा पट्रोल पम्प सिल गरेको छ । मंगलबार मात्रै अनुगमन क्रममा उपभाक्तालाई कम मात्रामा पेट्रोल बिक्री गरेको भन्दै गैरी गाउँको भ्याली बाबा सप्लायर्समा सिल गरिएको थियो ।

बुधबार गरिएको अनुगमन क्रममा सोही प्रकृतिको ठगी गरेर उपभोक्तालाई कम परिमाणमा डिजेल दिएको भन्दै सशस्त्र प्रहरीले सञ्चालन गरेको स्वम्भूस्थित हलचोक फ्युल सेन्टर पम्प र कलंकीको श्यामा पेट्रोल पम्पमा सिल गरिएको प्रधानमन्त्री कार्यालयको हेल्लो सरकारबाट अनुगमनमा खटिएका प्रधुम्न उपाध्ययले बताए ।

‘उपभोक्तालाई कम मात्रामा डिजेल बिक्री गर्ने दुई वटा पम्प सिल गरेका छौं,’ उपाध्यायले अनलाइनखबरसँग भने,‘ सशस्त्र प्रहरीको पम्पबाटै कम मात्रामा डिजेल बिक्री गरिने गरेको पत्ता लागेको छ । कलंकीको श्यामा पम्प पनि सिल गरेका छौं थप अनुसन्धान हुँदैछ । ’

दुवै पेट्रोल पम्पले बिक्री गरेको मूल्य भन्दा कम परिमाणमा उपभोक्तलाई डिजेल बिक्री गरेको अनुगमन टोलीको प्रारम्भिक निष्कर्ष छ ।

नोटः यसअघि हेडलाइनमा डिजेल हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?