+
+

१२ अमेरिकी सहरमा गुन्जिँदै अस्मिता र हर्कुलस

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १ गते १९:४०

काठमाडौं । गायिका अस्मिता अधिकारी र गायक हर्कुलस बस्नेतले अमेरिकामा सांगीतिक टूर गर्ने भएका छन् । नेपालीको महान चाड दशैं र तिहारको छेकोमा १० अमेरिकी राज्यका १२ सहरमा उनीहरुले सांगीतिक प्रस्तुति दिन लागेका हुन् ।

टेक्ससको ड्यालस, एक्रोन, बोस्टन, न्यूयोर्क, सनफ्रान्सिस्को, साक्रामेन्टो, सियाटल, कोलम्बस ओहायो, ह्यारिसवर्ग, बाल्टिमोर, एट्लेन्टा र भर्जिनियामा उनीहरुले दर्शकले नचाउने भएका हुन् । अक्टोबर २१ बाट सुरु हुने उक्त कार्यक्रम नोभेम्बर २५ मा चल्नेछ ।

लिभ एट् प्रिजेन्टले आयोजना गरेको कार्यक्रमको नाम भने ‘फस्ट युएसए म्युजिकल टूर’ राखिएको छ । कार्यक्रममा फुजोन इन्टरनेसनल , कोसेली इभेन्ट्स र प्लानेट ३ फिल्म्सको पनि सहकार्य छ । टूरका लागि आफूहरू उत्साहित रहेको हर्कुलस र अस्मिताले बताए ।

हर्कुलसका ‘के यो माया हो’, ‘माया संसार’, ’हिजोभन्दा आज’ लगायतका गीत चर्चित छन् । अस्मिता पछिल्लो समय स्टेज कार्यक्रममा माग भएकी गायिका हुन् । अस्मिता पाश्र्वगायनमा पनि जमेकी छन् । उनको पछिल्लो गीत ‘परेली झिम झिम भो’, ’काले केटाले’ चर्चित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?