+
+

साढे तीन वर्षपछि नेपाल र हङकङ टी-२० आई क्रिकेटमा भिड्दै

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० कात्तिक २ गते ७:३२

२ कात्तिक, काठमाडौं । नेपाल टी-२० आई त्रिकोणात्मक सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले आज हङकङसँग खेल्दैछ ।

खेल मुलपानी क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ । पहिलो खेलमा बुधबार यूएईलाई ७ विकेटले हराउँदै सुखद सुरुआत गरेको नेपाल लगातार दोस्रो खेल जित्ने लक्ष्यमा छ ।

टी-२० विश्वकप छनोटको तयारीको रुपमा आयोजना गरिएको यस सिरिजमा हरेक टिमले एक आपसमा दुई/दुई खेल खेल्नेछन् ।

कुनै समय नियमित जस्तो नेपाल र हङकङ पछिल्लो समय भने नखेलेको धेरै भयो । यसै टी-२० सिरिजमार्फत यी दुई टोलीको फेरि भेट हुन लागेको हो ।

टी-२०आई नेपाललले साढे तीन वर्षपछि हङकङसँग खेल्न लागेको हो । पछिल्लो पटक नेपाल र हङकङ २०२० मार्चमा एसीसी टी-२० इस्टर्न रिजनमा खेलेका थिए । जसमा हङकङ ४३ रनले विजयी भएको थियो । उक्त खेल खेलेका कुशल मल्ल, करण केसी, दीपेन्द्र सिंह ऐरी, अभिनाश बोहरालगायत खेलाडी अहिले नेपाली टिममा छन् ।

सन् २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकपबाट नेपाल र हङकङले टी-२०आईमा डेब्यु गरेका थिए । उक्त खेलमा नेपालले हङकङलाई ८० रनले पराजित गर्दै सानदार डेब्यु गरेको थियो । त्यसमा खेलमा डेब्यु गरेका सोमपाल कामी मात्र हाल नेपाली टिममा छन् ।

त्यसपछि भएका चार खेलमध्ये नेपालले एक मात्र खेल जित्दा हङकङले तीन खेल जितेको छ ।

२०१४ मा नेपाल र हङकङबीच भएको पहिलो टी-२० शृखंलाको एक मात्र खेलमा हङकङ २ विकेटले विजयी भएको थियो । २०१५ मा भएको आईसीसी टी-२० विश्वकप छनोटमा हङकङले नेपाललाई ५ विकेटले पराजित गरेको थियो ।

यस्तै २०१९ मा ओमानमा भएको पेन्टागुलर सिरिजमा भने नेपालले हङकङलाई ४ विकेटले पराजित गरेको थियो ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?