+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

चीनमा रहेका गृहमन्त्री श्रेष्ठलाई हृदयाघात

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २ गते ९:२३
फाइल तस्वीर ।

२ कात्तिक, काठमाडौं । चीनमा रहेका  उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि श्रेष्ठ  बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा भर्ना भएका हुन् । चेकजाँचका क्रममा उनलाई माइल्ड हर्टअट्याक भएको पत्ता लागेको स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए ।

बीआरआईको कार्यक्रमका लागि बेइजिङमा रहेका श्रेष्ठलाई बुधबार दिउँसोदेखि नै असहज भइरहेको थियो  । बेलुका कोठामा फर्किएपछि धेरै नै छाती दुखेपछि अस्पताल लगिएको थियो ।

अस्पतालमा उनको एन्जियोग्राम गरेर हेर्दा मुटुको एकतर्फीको भल्भमा रक्तसञ्चारमा अवरोध देखिएपछि त्यसलाई खुलाइएको स्वकीय सचिव श्रेष्ठले बताए ।

हाल उनलाई निगरानीका लागि आईसीयूमा राखिएको छ । गृहमन्त्री श्रेष्ठको सचिवालयका अनुसार उनी अहिले खतरामुक्त छन् ।

बीआरआईको कार्यक्रममा सहभागी भएर शुक्रबार  नेपाल फर्किने कार्यक्रम रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?