+
+

बागमतीमा कांग्रेस नेतृत्वमा सरकार बनाऔं भनेर सांसदहरु मकहाँ आउनुभयो : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २ गते १२:४५

२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले बागमती प्रदेशमा कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्नुपर्ने माग उठेको बताएका छन् । नेपाली कांग्रेसका चार जना प्रदेश सभा सदस्यहरु आफूकहाँ आएर माओवादी केन्द्रको नेतृत्वमा रहन नसक्ने बताएको उनले जानकारी दिए ।

नेपाल प्रेस युनियनको शुभकामना आदान प्रदान तथा चियपान कार्यक्रममा महामन्त्री थापाले भने, ‘आज म कहाँ चार जना बागमती प्रदेशका सांसदहरु आउनुभयो । उहाँहरु के भन्नुहुन्छ भने बागमती प्रदेशमा हामी सबभन्दा ठूलो पार्टी हो, हामी माओवादीलाई मान्दैनौं । सरकार बदलौं ।’

त्यसको जवाफमा आफूले पार्टी सभापति र बरिष्ठ नेताहरुलाई सोध्न भनेको उनले बताए ।

बागमती प्रदेशमा हाल २१ सिट रहेको माओवादी केन्द्र नेतृत्वको गठबन्धन सरकार छ । गठबन्धन सरकारमा ३७ सिट रहेको नेपाली कांग्रेस र ७ सिट रहेको एकीकृत समाजवादी छन् ।

महामन्त्री थापाले आगामी चुनावमा नेपाली कांग्रेसले गठबन्धन गरे पार्टी एक नरहने समेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?