+
+

राष्ट्र बैंकको धनगढी कार्यालयबाट ४ दिनमा झिकियो सवा अर्ब

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २ गते १४:५४

२ कात्तिक, धनगढी । दशैंका लागि नयाँ नोट साट्नेका कारण कैलालीको धनगढीस्थित नेपाल राष्ट्र बैंकको कार्यालयमा भिड बढेको छ ।

नयाँ नोट साट्न आउने सर्वसाधारण र नगद झिक्न आउने विभिन्न बैंक तथा वित्तीय संस्थाका कारण राष्ट्र बैंकमा भिड बढेको हो ।

राष्ट्र बैंकको धनगढी कार्यालयबाट २८ असोजदेखि बुधबारसम्मको चार दिनमा विभिन्न बैंक तथा वित्तीय संस्थाले सवा ४ अर्ब रुपैयाँ झिकेका कार्यालय प्रमुख विनोदप्रसाद लेखकले जानकारी दिए ।

उनका अनुसार असोज २८ गते ९ करोड, २९ गते ४२ करोड २५ लाख, ३० गते ४२ करोड ६० लाख र कात्तिक १ गते ३२ करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाले झिकेका छन् ।

बैँकहरुले राष्ट्र बैँकमा जम्मा गरेको रकम ग्राहकहरुको मागअनुसार नै झिकेकाले दशैंमा आर्थिक गतिविधि बढ्ने राष्ट्र बैंकको भनाइ छ ।

राष्ट्र बैंकमा नयाँ नोट साट्नेहरुको घुँइचो नै लागेको छ । असोज २९ गतेदेखि सेवा दिन सुरु गरेकोले बैंकमा दशैंका लागि नयाँ नोट साट्न आउनेहरुको घुँइचो लागेको छ । राष्ट्र बैँकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँसम्म साट्न पाउने व्यवस्था गरेको छ ।

अहिले दुई वटा काउन्टर राखेर नोट सटही भइरहेको छ । राष्ट्र बैंक बाहेक विभिन्न वाणिज्य बैंकमार्फत पनि नयाँ नोट सटहीको काम गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?