 
																			२९ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ मनिचेन्जर कम्पनीको इजाजत खारेज गरेको छ । राष्ट्र बैंकले तोकेको समयमा नवीकरण नगर्ने ती मनिचेन्जरको इजाजत खारेज गरेको हो ।
काठमाडौं बसन्तपुरको फेयर मनी एक्सचेन्ज प्रालि, भक्तपुरको न्यातपोल मनी एकसचेन्ज प्रालि र काठमाडौं क्षेत्रपाटीको कैलाश मनी एक्सचेन्ज प्रालिको इजाजत खारेज गरेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै रसुवाको ग्रेस मनी एक्सचेन्ज प्रालि र काठमाडौं लालदरबारको रुट नेपाल मनी एक्सचेन्ज प्रालिको इजाजत खारेज भएको हो ।
राष्ट्र बैंक मनिचेन्जर इजाजतपत्र विनियमावली अनुसार इजाजत नवीकरण नगर्ने कम्पनीको इजाजत खारेज भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4