+
+
विश्वकप क्रिकेट :

विराटको शतकसँगै भारतको चौथो जित

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २ गते २१:५७

काठमाडौं । विराट कोहलीको शतकसँगै भारतले विश्वकप क्रिकेटमा बंगलादेशलाई ७ विकेटले हराएको छ । यो घरेलु टोलीको लगातार चौथो जित हो ।

घरेलु मैदान पुनेमा बंगलादेशले दिएको २५७ रनको लक्ष्य भारतले ४१. ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । ४१ ओभरको खेल सकिँदा भारतलाई जम्मा २ रन चाहिएको थियो र कोहली ९७ मा खेलिरहेका थिए । लगातार दुई डट बल खेलेका उनले तेस्रो बलमा छक्का हान्दै भारतलाई जिताएनन् मात्र, शतक पनि पुरा गरे ।

विश्वकप क्रिकेटमा बिराटको यो तेस्रो शतक हो । उनले आफ्नो पहिलो शतक २०११ मा बंगलादेशविरुद्ध हानेका थिए । २०१५ मा पाकिस्तानविरुद्ध शतक बानाएका उनले २०१९ मा भने शतक बनाउन सकेका थिएनन् ।

भारतको सुरुवात राम्रो थियो । पहिलो विकेटका लागि रोहित शर्मा र शुभमन गिलले ८८ रनको साझेदारी गरे । कप्तान रोहित ४८ रनमा आउट भए । त्यसपछि आएका रोहितले भारतको पारी सम्हाले । उनले दोस्रो विकेटका लागि गिलसँग ४४ र तेस्रो विकेटका लागि ४६ रनको साझेदारी गरे ।

चौथो विकेटका लागि कोहली र केएल राहुलले अविजित ८३ रनको साझेदारी गरे । कोहली १०३ र राहुल ३४ रनमा अविजित रहे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशको पनि सुरुवात राम्रै थियो । तनजीद हसन र लुटन दासले पहिलो विकेटका लागि ९३ रनको साझेदारी गरेका थिए । हसन ५१ रनमा आउट भए । त्यसपछि बंगलादेशका व्याट्सम्यानहरुले ठूलो साझेदारी बन्न सकेन । चौथो विकेटका रुपमा दास ६६ रनमा आउट हुँदा टिमको स्कोर १३७/४ थियो ।

पाँचौं विकेटका लागि तौहिदु हरीदी र मुस्फिकर रहिमले ४२ रनको साझेदारी गरे । हरीदी आउट भएपछि महमुदुल्लाहले केही ठूलो सर्ट खेल्दै स्कोर टिमको स्कोर २०० कटाए । छैटौं विकेटका रुपमा उनी ४६ रनमा आउट हुँदा बंगलादेशको स्कोर २०१ रन थियो ।

बाँकी ४५ बलमा २ विकेट गुमाएर ५५ रन जोडेपछि बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २५६ रनको योगफल तयार पारेको थियो ।

भारतका रविन्द्र जडेजा, जसप्रित बुमरा, मोहम्मद सिराजले समान २÷२ विकेट लिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?