+
+

बंगलादेश चुनाव : ४० प्रतिशत मत खस्यो, गतगणना सुरु

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २२ गते १७:५७

२२ पुस, काठमाडौं । बंगलादेशमा भएको आम निर्वाचनमा करिव ४० प्रतिशत मतदान भएको त्यहाँको निर्वाचन आयोगले जनाएको छ ।

२९९ सिटमा आइतबार मतदान भएको थियो । तर प्रमुख विपक्षी पार्टी बगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)ले बहिस्कार गर्दै २८ घण्टे हड्ताल आह्वान गरेको थियो । कडा सुरक्षाका बीच भएको निर्वाचनका क्रममा कतिपय क्षेत्रमा तनाव उत्पन्न भएको थियो ।

निर्वाचन आयोगका अनुसार सुरुवाती ७ घन्टा (बिहान ८ बजेदेखि ३ बजेसम्म) २७ प्रतिशत मत खसेको थियो । ४ बजे मतदान बन्द भएको छ ।

ढाकास्थित निर्वाचन कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त खाजी हबीबुल अवालले भने करिव ४० प्रतिशत मत खसेको बताएका द डेल्ली स्टारले जनाएको छ ।

मतगणना पनि सुरु भएको छ । भोलि सोमबार बिहानसम्म नजिता आइसक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?