+

पाकिस्तानविरुद्ध वार्नर र मार्सको शतक, बन्यो साझेदारीको रेकर्ड

२०८० कात्तिक  ३ गते १७:२६ २०८० कात्तिक ३ गते १७:२६
पाकिस्तानविरुद्ध वार्नर र मार्सको शतक, बन्यो साझेदारीको रेकर्ड

३ कात्तिक, काठमाडौं । डेभिड वार्नर र मिशेल मार्शमा विश्वकप क्रिकेट अष्ट्रेलियाका लागि नयाँ रेकर्ड बनाएका छन् ।

शुक्रबार बैंग्लुरुमा पाकिस्तानले जस जितेर फिल्डिङ रोज्यो । अष्ट्रेलियाका लागि ओपनिङ गरेका दुबैले पहिलो विकेटका लागि २५९ रनको साझेदारी गरे ।

यसअघि २०११ मा अष्ट्रेलियाका ब्राड हेडिन र शेन वाट्सनले क्यानडाविरुद्ध १८३ रनको साझेदारी गरेका थिए ।

विश्वकपकै रेकर्ड भने तोडिएन । सन् २०११ मा श्रीलंकाका तिलकरत्ने दिलशान र उपल थरंगाले जिम्बाव्वेविरुद्ध २८२ रनको अ‍ेपनिङ साझेदारी गरेका थिए ।

२५७ सनको साझेदारी गर्ने क्रममा वार्नर र मार्श दुबैले शतक बनाए । पहिलो विकेटका रुपाम आउट भएका मार्स १२१ रन बनाए । वार्नर भने अहिले पनि क्रिजमा छन् र १५० रन कटाएका छन् ।

पाकिस्तान
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय