+
+

कुशल र दीपेन्द्रले सम्हाले नेपालको पारी

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ४ गते १२:१३
क्रिजमा दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल ।

४ कात्तिक, काठमाडौं । हङकङविरुद्ध खराब सुरूवात गरेको नेपालको पारी कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीले सम्हालेका छन् ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले ५५ रन जोड्दा ४ विकेट गुमाएको थियो । तर कुशल र दीपेन्द्रले राम्रो साझेदारी गरे । १६ ओभरको खेल  सकिँदा ८१ रनको साझेदारी गरेका छन् ।

कुशल मल्ल ४७ र दीपेन्द्र सिंह ऐरी ३६ रनमा क्रिजमा छन् ।

यसअघि नेपालको सुरुवात नै राम्रो हुन सकेन । ९ रन जोड्दा पहिलो विकेटका रुपमा कुशल भुर्तेल २ रनमै आउट भए । तेस्रो नम्बरमा आएका सोमपाल कामी पनि ८ रनमा आउट भए ।

त्यसपछि नेपालले आसिफ शेख (२०) र कप्तान रोहित पौडेल (११) को विकेट गुमाएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?