+
+

यू-१९ प्रिमियर कप : नेपालले थप ब्याटिङ गरेन, जापानलाई १८७ रनको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ४ गते १४:१०

४ कात्तिक, काठमाडौं । यू-१९ प्रिमियर कपमा नेपालले जापानलाई १८७ रनको लक्ष्य दिएको छ ।

मलेसियाको बायोमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २५ ओभरमा २ विकेट गुमाएर १४० रन बनाउँदा पानी पर्‍यो । जतिबेला अकाश त्रिपाठी ३५ र कप्तान देव खनाल ८ रनमा क्रिजमा थिए ।

लगातारको वर्षापछि खेल २५ ओभरमा छोट्याइयो र डकवर्थ लुइस (डीएल) मेथडका आधारमा जपानले २५ ओभरमा १८७ रनको लक्ष्य पाएको छ ।

जपानले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । सुरुवाती २ ओभरमा नेपालले २ विकेट लिएको छ । जापानको स्कोर ६/२ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?