+
+

इंग्ल्याण्डका बलर टपलीले गुमाए विश्वकप

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ६ गते १७:१०

६ कात्तिक, काठमाडौं । इंग्ल्याण्डका तीव्र गतिका बलर रिस टपलीले विश्वकप क्रिकेटका बाँकी खेल गुमाउने भएका छन् । औलामा लागेको चोटका कारण उनले विश्वकपमा खेल्न नसक्ने भएको इंग्ल्याण्ड क्रिकेट बोर्डले जनाएको छ ।

शनिबार दक्षिण अफि्रकाविरुद्ध भएको खेलका क्रममा उनको चोर औलामा चोट लागेको थियो । उनको औंला फ्याक्टर भएकाले बाँकी खेल खेल्न नसक्ने इंग्ल्याण्ड क्रिकेट बोर्डले बताएको छ ।

यो प्रतियोगितामा उनले ३ खेलमा ८ विकेट लिएका थिए ।

उनको स्थानमा बलर ब्रायडन कार्स आउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?