+
+

पाल्पाका गाउँमा सामूहिक टीका ग्रहण

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ७ गते १५:००

७ कात्तिक, पाल्पा । पाल्पाका विभिन्न गाउँमा सामूहिक रुपमा टीका लगाइएको छ । दुर्गा विर्सजनपश्चात मन्दिरमा जम्मा भएर सामूहिक रुपमा टीका लगाइएको हो ।

शक्तिपीठमा टीका लगाउँदा भातृत्व कायम हुनुकासाथै परम्परागत रुपमा मनाइने पर्वको रौनक हुने पाका पुस्ताको भनाइ छ ।

घरघरमा टीका जमरा लगाएर आशीर्वाद लिने प्रचलन भए पनि  मन्दिर स्थापना भएपछि सामूहिक रुपमा टीका जमरा लगाएर पर्व मनाउन थालिएको बगनासकाली-४ का कुलप्रसाद अर्यालले बताए ।

देवीको मन्दिरमा गाउँभरीका मानिसहरु जम्मा भएर टीका लगाउदा देवीको शक्ति प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

मन्दिरमा युवादेखि वृद्धसम्मका सबैको उपस्थितिमा टीका जमारा लगाइएको हो । पाल्पाको केही गाउँहमा मात्रै यसरी सामूहिक रुपमा टीका लगाउने गरिन्छ ।

पूजा गरेकौ स्थानमा टीका जमारा लगाएर सामूहिक रुपमा पर्व मनाउँदा समयमै टीका लगाउन पाइने र गाउँभरी टीका र आशीर्वाद थाप्नका लागि जानु नपर्ने सहजतासँगै धेरै जनाको हातबाट छोटो समयमा टीका लगाउन पाइने हुँदा पर्व मनाउँदा थप रौनक हुने स्थानीयले बताउँ छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?