
७ कात्तिक, बुटवल । रुपन्देहीको मर्चवारमा नदीमा डुबेर दुईजनाको मृत्यु भएको छ ।
दुर्गा मूर्ति विसर्जन गर्न दानव र तिनाउ नदीको संगम मर्चवार क्षेत्रको घाटमा गएका कोटहीमाई गाउँपालिका–१ बस्ने २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभरको नदीमा डुबेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विश्वकर्माका अनुसार दुर्गा मूर्ति विसर्जन गर्न गएका तीन जनामध्ये नाउं र राजभरको मृत्यु भएको र सोही स्थानका २० वर्षीय सन्तकुमार राजभर बेपत्ता भएका छन् ।
बेपत्ता सन्तकुमारको खोजी भैरहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4