+
+

पहिलो फोल्डेबल फोन ल्याउँदै एप्पल, कहिले सुरु हुन्छ उत्पादन ?

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ९ गते ९:१५

फोल्ड गर्न मिल्ने स्मार्टफोनको बजारमा नयाँ-नयाँ खेलाडीहरुको प्रवेश लगातार भैरहेको छ ।

सामसुङले सबैभन्दा पहिले फोल्डिङ फोन बजारमा ल्याएर इतिहास रचेको थियो र यो सूचीमा अहिले शाओमी, भिभो, ओप्पो तथा वनप्लसलगायतका नाम जोडिइसकेका छन् । यद्यपि आइफोन निर्माता कम्पनी एप्पलले भने फोल्डबेल फोनको दुनियाँमा अझै पाइला टेकेको छैन ।

धेरै मानिसहरु एप्पललको फोल्डेबल फोनको व्यग्र पर्खाइमा छन् । अब यही प्रतीक्षालाई पूरा गर्नका लागि एप्पलले पनि फोल्डेबल डिभाइस उत्पादन गर्ने भएको छ । यद्यपि एप्पलले फोल्डेबल आइफोन नभई फोल्डेबल आइप्याड बजारमा ल्याउने बताइएको छ ।

आगामी वर्षदेखि फोल्डेबल आइप्याडको उत्पादन सुरु गर्ने योजना एप्पलको छ । अन्य कम्पनीहरुले आफ्नो ध्यान फोल्डेबल स्मार्टफोन तर्फ केन्द्रित गरिरहेको बेला एप्पलले भने फोल्डबेल ट्याबलेट बजारमा ल्याउने गरी नयाँ योजना बनाएको हो ।

हुनत बजारमा फोल्डबेल ल्यापटप पनि नभएका होइनन् । आसुस तथा लेनोभो जस्ता कम्पनीहरुले आफ्ना फोल्डिंग ल्यापटप पहिले नै लञ्च गरिसकेका छन् । तर अहिलेसम्म उपभोक्ताहरुले फोल्डेबल ट्याबलेट भने देख्न पाएका छैनन् ।

डिजी टाइम्सका अनुसार एप्पलले आफ्नो पहिलो फोल्डेबल आइप्याडका लागि सप्लायर्स तथा लाइनअप तयार गरिरहेको छ । यद्यपि एप्पलले यसको उत्पादनलाई सानो तहमा मात्र सिमित गर्ने बताइएको छ ।

आपूर्ति शृङ्खला स्रोतका अनुसार कम्पनीले फोल्डेबल आइप्याडको सीमित उत्पादन सन् २०२४ को अन्त्यतिरबाट गर्न सक्छ । तथापि अहिलेसम्म एप्पलले आफ्नो फोल्डिङ आइप्याडको डिजाइनलाई अन्तिम रुप दिइनसकेको बताइन्छ ।

वास्तवमा फोल्डेबल डिभाइसको यो डिजाइनलाई भविष्यमा आइफोनमा प्रयोग गर्नुअघि एप्पल यसलाई अरु ठूला डिभाइसमा परीक्षण गर्न चाहन्छ । कम्पनी साधारण डिजाइनका साथ आफ्नो उत्पादनको मूल्यलाई पनि कम गर्न चाहन्छ ताकि प्रयोगकर्तालाई त्यो प्रडक्ट अधिक महँगो नलागोस् ।

एप्पलका डिभाइसहरु अन्य कम्पनीहरुका तुलनामा पि्रमियम मूल्यमै हुन्छन् । यस्तोमा एप्पलको फोल्डिङ डिभाइस पनि धेरै महँगो भयो भने त्यसले धेरै प्रयोगकर्तालाई आकर्षित नगर्ने जोखिम हुन्छ, जुन अन्य कम्पनीहरुले पनि भोगिरहेको समस्या हो ।

एप्पलले आफ्नो पहिलो फोल्डेबल डिभाइसका रुपमा आइप्याडलाई छनोट गर्नुका पछाडि विभिन्न कारण छन् ।

एक त एप्पलको कूल आयमा आइफोनको तुलनामा आइप्याडको हिस्सा निकै सानो छ भने अर्कोतर्फ आइप्याडको अपरेटिङ सिस्टम आईओएस जस्तै छ। त्यसैले आफ्नो फोल्डबेल आइप्याड असफल हुँदा पनि एप्पललाई खासै नोक्सान हुनेछैन ।

-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?