+
+

एप्पलका सह-संस्थापक वोज्नियाकलाई हृदयाघात

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २३ गते १८:५२

काठमाडौं। एप्पल कम्पनीका सह संस्थापक स्टिभ वोज्नियाक अस्पतालमा भर्ना भएका छन् । हृदयाघात भएपछि उनलाई मेक्सिको सिटी अस्पतालमा भर्ना गरिएको हो ।

मेक्सिकोमा वर्ल्ड बिजनेस फोरममा सहभागी भएका ७३ वर्षका स्टिभलाई गत बुधबार हृदयाघात भएको हो । उक्त समारोहमा उनी बोल्ने कार्यक्रम तय भएको थियो ।

यद्यपि यस विषयमा कार्यक्रम आयोजकका तर्फबाट हालसम्म कुनैपनि जानकारी सार्वजनिक गरिएको छैन ।

स्मरण रहोस् स्टिभ जब्स र स्टिभ वोज्नियाकले सन् १९७६ मा एप्पल कम्पनी स्थापना गरेका थिए । एप्पल कम्पनीको सफलतामा वोज्नियाकको अहम् भूमिका रहेको छ । सायद एप्पलको आजको ओज तथा प्रसिद्धि उनीबिना सम्भव पनि थिएन ।

स्टिभ वोज्नियाक आफ्नो नवप्रवर्तनशील डिजाइन तथा उपयोगी उपभोक्तामैत्री विद्युतीय उपकरणका लागि चिनिन्छन् । आइफोनको होस् वा म्याक, एप्पलका तमाम प्रडक्टहरुमा वोज्नियाकको प्राविधिक क्षमता देखिन्छ ।

उनको जन्म सन् १९५० मा क्यालिफोर्नियाको सेन जोसमा भएको थियो । सुरुवातबाटै उनको रुची इलेक्ट्रोनिक्समा थियो । उनले केवल ११ वर्षको उमेरमै आफ्नो पहिलो कम्प्युटर तयार पारेका थिए । उनले इलेक्ट्रिकल इन्जिनियरिङको अध्ययन युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलेबाट पूरा गरेका थिए ।

सन् १९७५ वा वोज्नियाक र उनका साथी स्टिभ जब्स मिलेर एप्पल कम्प्युटरको सुरुवात गरेका थिए । वोज्नियाकले एप्पल वान र एप्पल टू कम्प्युटरको डिजाइन गरेका थिए । जुन कम्पनीको पहिलो सफल कम्प्युटर थिए । सन् १९८७ मा उनी एप्पल कम्पनीबाट अलग भए र ध्जभभकि या श्भगक को स्थापना गरे ।

यो कम्पनीले शैक्षिक सफ्टवेयर विकास गरेर बिक्री गर्दथ्यो । उनले यसका अलावा विभिन्न विश्वविद्यालयमा अध्यापन पनि गरे । कम्प्युटर उद्योगमा आफ्नो योगदानका लागि स्टिम वोज्नियाकलाई विभिन्न अवार्ड पनि प्राप्त भएका छन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?