+
+

ललितपुर महानगरले नगर प्रहरीमा भर्ना खोल्यो

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १० गते १२:२३

१० कात्तिक, काठमाडौं । लतिलपुर महानगरपालिकाले नगर प्रहरीको भर्ना खुला गरेको छ  ।

महानगरपालिकाले करारमा ५० जना नगर प्रहरी भर्ना गर्न दर्खास्त आह्वान गरेको हो ।

शुक्रबार सूचना जारी गर्दै महानगरपालिकाले २८ खुला, ९ महिला, ८ आदिवासी जनजाति, दुई दलित र थारु, मधेशी र पिछडिएको एक/एक जनाका लागि आवेदन आह्वान गरेको हो ।

यही कात्तिक २४ गतेसम्म महानगरको कार्यालयबाटै र अनलाइनबाट दर्खास्त दिन सकिनेछ ।

१८ वर्ष पूरा भई ३० वर्ष ननाघेका र पूपू सैनिक तथा प्रहरी भए ४० वर्ष ननाघेका व्यक्तिले दर्खास्त दिन मिल्नेछ । न्युनतम शैक्षिक योग्यता ८ कक्षा उतीर्ण भएको हुनुपर्नेछ ।

दर्खास्त दिएकालाई मंसिर ४ गते सम्पर्कमा बोलाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?