+
+

राष्ट्रपति पौडेलसँग महासचिव गुटेरेसको शिष्टाचार भेट

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १२ गते १८:०३

१२ कात्तिक, काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

आइतबार राष्ट्रपति भवन शितल निवास पुगेर उनले राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गरेका हुन् । राष्ट्रपति पौडेलसँगको भेटमा महासचिव गुटेरेसले नेपालमा जलवायु परिवर्तनका कारण भइरहेको असरका बारेमा छलफल गरेका थिए ।

छलफलका क्रममा राष्ट्रपति पौडेलले लामो समयदेखि नेपालको विकास साझेदारको रुपमा रहेको संयुक्त राष्ट्रसंघलाई नेपालले उच्च प्राथमिकता तथा महत्वमा राखेको बताएका राष्ट्रपति कार्यालयले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

उनले संयुक्त राष्ट्रसंघ तथा यस अन्तर्गतका विशिष्टकृत एजेन्सी, कोष तथा कार्यक्रमले नेपालको सामाजिक, आर्थिक विकास एवं दिगो विकास लक्ष्य प्राप्तिमा पुर्‍याएको निरन्तर सहयोग र योगदानका लागि धन्यवाद समेत दिएका छन् ।

यसअघि महासचिव गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग भेट गरेका थिए ।

चार दिने नेपाल भ्रमणका क्रममा रहेका उनी सोमबार र मंगलबार पोखरा, लुम्बिनी, सोलुखुम्बुस्थित सगरमाथा बेसक्याम्प, अन्नपूर्ण बेसक्याम्पको भ्रमण गर्ने र मंगलवार संसदलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?