+
+

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट फरार थुनुवा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १३ गते १२:४६

१३ कात्तिक, दाङ । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट भागेका थुनुवा पक्राउ परेका छन् । उपचारका क्रममा फरार भएका अन्दाजी १८ वर्षका विवेक नेपाली पुनः पक्राउ परेका हुन् ।

क्षयरोगको आशंकामा स्वास्थ्य जाँचका लागि प्रतिष्ठान लगिएका उनी सोमवार बिहान शौचालय जाने बहानामा झ्याल फोरेर भागेका थिए । लगत्तै उनलाई घोराही उपमहानगरपालिका–१८ को रझेनाबाट साढे ११ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनक मल्लले जानकारी दिए ।

उनी तीन दिनअघि मोबाइल चोरीको आरोपमा पक्राउ परेका थिए र जिल्ला प्रहरी कार्यालयको हिरासतमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?