+
+

पहिलो खेलमा बहराइन युएईसँग पराजित

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १३ गते १३:५७

१३ कात्तिक, काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा समूह ‘बी’ अन्तर्गतको पहिलो खेलमा यूएईले बहराइनलाई ५ विकेटले पराजित गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३५ रन बनाएको थियो ।

जितको लागि पाएको १३६ रनको विजयी लक्ष्य यूएईले १८.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । युएईका लागि युवा अलराउन्डर अली नासिर २६ बलमा ४ चौका र ३ छक्कासहित ४८ रनमा नटआउट रहे । बासिल हामिद ८ बलमा १ चौकासहित ११ रनमा अविजित रहे ।

ओपनर मोहम्मद वासिम १२, अर्यांश शर्मा ९, वृत्य अरविन्द शून्य, आसिफ खान २३ र एलिशान शराफु २७ रनमा आउट भए ।

बहराइनका लागि तीव्र गतिका बलर मोहम्मद रिजवान बटले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । अब्दुल मजिद र सचिन कुमारले एक–एक विकेट लिए ।

त्यसअघि ब्याटिङ गरेको बहराइनका हैदर अलीले ४३ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५९ रनको अविजित पारी खेलेका थिए ।

जुनैद अजिज २५ र सोहेल अहमेद २८ रनमा आउट भए । अन्य ब्याटरले भने खास रन जोड्न सकेनन् ।

युएईका लागि बलिङमा जुनैद अजिज र आयन खानले २/२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?