+
+

बारामा गोली चल्यो, एक जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १३ गते १४:१२

१३ कात्तिक, काठमाडौं । बाराको कलैया उपमहानगरपालिका–३, मा गोली चलेको छ ।

मोटरसाइकलमा आएका व्यक्तिले स्थानीय विद्यालयका प्रधानाध्यापकलाई गोली हानेको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी कुवेर कठायतले अनलाइनखबरलाई बताए ।

अपराह्न मोटरसाइकलमा आएको समूहले गोली चलाउँदा बाल एकता इंग्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकार (गुड्डु) गम्भीर घाइते भएका थिए ।

गोली लागेलगत्तै उपचारका लागि कलैया अस्पताल लगिएको थियो । तर, उपचार सम्भव नभएपछि फेरि बयोधा अस्पताल पुर्‍याइएको थियो । त्यसबाट पनि काठमाडौं रेफर गर्ने तयारी हुँदा हुँदै चिकित्सकहरुले मृत घोषित गरेको केन्द्रीय प्रहरी प्रवक्ता कडायतले अनलाइनखबरलाई बताए ।

उनको घाँटी र छातीमा चार राउण्ड गोली लागेको बताइएको छ ।

(अध्यावधिक गरिएको)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?