+
+

बाराबाट साढे पाँच हजार अवैध पोटास मल बरामद

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ४ गते १९:२३

४ माघ, काठमाडौं । भारतबाट अवैध रुपमा भन्सार छली ल्याइएको पोटास मल बाराबाट बरामद गरिएको छ । मल ल्याउन प्रयोग भएका १३ वटा ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराले ८७ लाख बढी मूल्य बराबरको अवैध पोटास बाराको पथलैयाबाट नियन्त्रणमा लिएको हो । एमएस किसान ट्रेडर्स इण्डिया कम्पनीको पोटास मल बाराको दुई स्थानबाट बरामद गरिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

डिएसपी न्यौपानेका अनुसार प्रहरीले बारा, जीतपुर सिमरा उपमहानगरपालिका–१, स्थित पथलैया चोकबाट बुधवार ४ वटा ट्रकमा लोड भएको पोटास मल १६८० बोरा र बिहीवार १ वटा ट्रकबाट ४ सय २० बोरा बरामद गरेको हो । प्रहरीले ना ५७ ख २९८७, ना ८ ख ८५२२, ना ८ ख १८४५, ना ६ ख ७३११ र ना ५ ख ५४०७ नम्बरको ट्रक नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय निजगढको टोलीले पथलैया चोकबाटै बिहीवार दिउसो साढे १ बजे ८ वटा ट्रकमा लोड गरिएको पोटास मल ३ हजार ३ सय ६० बोरा बरामद गरेको डिएसपी न्यौपानेले जानकारी दिए ।

ना ५ ख ३३३, ना ७ ख १८६३, ना ५ ख ७७८६, ना ६ ख ३८३४, ना ७ ख ९८४४, ना ६ ख ३३४०, ना ८ ख २४९७ र ना ७ ख ९८५२ को ट्रक नियन्त्रणमा लिएर थप कारबाही प्रक्रिया अगाडि बढाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?