+
+

सैनामैनामा मंसिर १२ देखि जिल्लास्तरीय भलिबल

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १३ गते १७:४२

१३ कात्तिक, बुटवल । रुपन्देहीको सैनामैनामा एक लाख बढी पुरस्कार राशीको अन्तर जिल्लास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।

दुधराक्ष युवा क्लबको आयोजनामा मंसिर १२ देखि १६ गतेसम्म सैनामैनाको रामापुर कलौनीमा हुने प्रतियोगितामा लुम्बिनी र अन्य प्रदेशका जिल्लाबाट समेत गरी १२ टिम सहभागी हुने आयोजकले सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् ।

प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख ११ हजार १११, उपविजेताले ७७ हजार ७७७ रुपैयाँ, तेस्रो हुनेले ४४ हजार ४४४ रुपैयाँ, चौथो हुनेले २२ हजार २२२ रुपैयाँ पुरस्कार पाउने आयोजक क्लबका अध्यक्ष किरण पोखरेलले जानकारी दिए । त्यस्तै विभिन्न विधामा उत्कृष्ट खेलाडीले ७ हजार ७७७ रुपैयाँ तथा सर्वोत्कृष्ट खेलाडीले १५ हजार ५५५ रुपैयाँ पुरस्कृत पाउनेछन् ।

सैनामैना नगरपालिका, लुम्बिनी प्रदेश खेलकुद परिषद लुम्बिनी, रुपन्देही भलिबल संघ रुपन्देही, सैनामैना नगर खेलकुद समितिको सहयोगमा गर्न लागिएकव प्रतियोगिताका लागि १६ लाख रुपैयाँ खर्च हुने खेल संयोजक विष्णुप्रसाद पाण्डेले बताए ।

सैनामैना नगरपालिका वडा नं ७ का वडाअध्यक्ष राजकुमार चौधरीले आफ्नो हजुरआमा ढुण्डी थरुनीको स्मृतिमा यो प्रतियोगितालाई २ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?