+

मलेसियाविरुद्ध कुशल मल्लको उत्कृष्ट ब्याटिङ, बनाए अर्धशतक

२०८० कात्तिक  १४ गते १५:५९ २०८० कात्तिक १४ गते १५:५९
मलेसियाविरुद्ध कुशल मल्लको उत्कृष्ट ब्याटिङ, बनाए अर्धशतक

१४ कात्तिक, काठमाडौं । टी–२० विश्वकप छनोटमा मलेसियाविरुद्ध कुशल मल्लले अर्धशतक बनाएका छन् । ओपनर कुशल भुर्तेल आउट भएपछि क्रिजमा आएका मल्लले आक्रमक ब्याटिङ गर्दै २५ बलमा अर्धशतक बनाए ।

२५ बलमै ६ छक्का र एक चौकाको मद्दत अर्धशतक बनाएका हुन् । १६६ रनको चुनौती पछ्याएको नेपालले १३.५ ओभरमा ३ विकेट गुमाएर  १३३ रन बनाएको छ ।

टी-२० अन्तर्राष्ट्रियमा कुशल मल्लको यो तेस्रो अर्धशतक हो । उनले २०१९ मा जिम्बावेविरुद्ध नेपालको लागि टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए ।

उनले टी-२० अन्तर्राष्ट्रिय सर्वाधिक रन १९ औं एसियाली खेलकुदमा १३७ रनको अविजित पारी खेलेका थिए ।

कुशल मल्ल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय