+
+

इएफएल कप : साविक विजेता युनाइटेड र आर्सनल बाहिरिए, चेल्सी र लिभरपुल क्वाटरफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १६ गते ६:४३

१६ कात्तिक, काठमाडौं । साविक विजेता म्यानचेष्टर युनाइटेड इएफएल कपक फुटबलको चौथो चरणबाटै बाहिरिएको छ । यस्तै आर्सनल पनि बाहिरिंदा चेल्सी र लिभरपुल भने क्वाटरफाइनल पुगेका छन् ।

बुधबार राति भएको खेलमा घरेलु मैदानमै न्युकासल युनाइटेडसँग ३-० ले पराजित भएपछि युनाइटेड बाहिरिएको हो ।

गत सिजन न्युकासलस फाइनलमा युनाइटेडसँगै पराजित भएको थियो र यस पटक त्यसको बदला समेत लिएको छ ।

ओल्ड ट्राफोर्डमा भएको खेलमा न्युकासलका लागि मिगुएल अल्मिरवनले २८औं, लेविस अलले ३६औं र जोसेफ विल्लकले ६०औ मिनेटमा गोल गरे ।

न्युकासलले अब क्वाटरफाइनलमा चेल्सीसँग प्रतिस्पर्धा गर्नेछन् ।

चेल्सीले ब्ल्याकवर्न रोभर्सलाई २-० ले हराएर क्वाटरफाइनलमा स्थान बनाएको हो । चेल्सीका लागि बाडपएसिलेले ३०औं र रहिम स्टर्लिङले ५९औं मिनेटमा गोल गरे ।

यस्तै लिभरपुलले बर्नमाउथलाई २-१ ले हराएर क्वाटरफाइनलमा स्थान बनायो । लिभरपुलका लागि कोडी गाक्पो र डार्विन नुनेजले एक एक गोल गरे । लिभरपुलले अब क्वाटरफाइनलमा वेष्टहम युनाइटेडसँग खेल्नेछ ।

वेष्टहमले आर्सनललाई ३-१ ले हराएर अन्तिम आठमा स्थान बनाएको हो । हारपछि आर्सनल भने प्रिक्वाटरफाइनलबाटै बाहिरिएको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?