+
+

संसदको चालु अधिवेशन अन्त्य गर्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १६ गते ८:०५

१६ कात्तिक, काठमाडौं । संसदको चालु अधिवेशन बिहीबार अन्त्य गर्ने तयारी गरिएको छ । बिहीबारको बिहान ११ बजे बस्ने बैठकमा शीर्ष नेताहरुले सम्बोधन गरेर संसदको चालु अधिवेशन अन्त्य गर्ने तयारी छ ।

संक्रमणकालीन न्याय (टीआरसी) र सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक पास गर्ने भन्दै सरकारले बजेट अधिवेशनलाई दशैं तिहारसम्म लम्ब्याएको थियो । तर ती दुवै विधेयक पास नगरी संसद अधिवेशन अन्त्य गर्ने तयारी छ ।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बुधबारको कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको छलफल अनुसार आज संसद अधिवेशन अन्त्य हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?