+
+

संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १६ गते १०:२७

१६ कात्तिक, काठमाडौं । सरकारले संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।
संसदको अन्त्य र आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था छ ।

संसद बिहीबार बिहान ११ बजे बस्ने बैठकमा शीर्ष नेताहरुले सम्बोधन गरेर संसदको चालु अधिवेशन आज मध्यरातिदेखि अन्त्य हुनेछ ।

संक्रमणकालीन न्याय (टीआरसी) र सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक पास गर्ने भन्दै सरकारले बजेट अधिवेशनलाई लम्ब्याएको थियो । तर ती दुवै विधेयक पास नगरी संसद अधिवेशन अन्त्य गर्ने निर्णय सरकारले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?