+
+

निष्क्रिय कर्जा र सञ्चालन खर्चको दबाबमा इन्भेष्टमेन्ट मेगा बैंक

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १७ गते १२:२१

१७ असोज, काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा नेपाल इन्भेष्मेन्ट र मेगा बैंक मर्जर भएर बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई सञ्चालन खर्च बढ्दा दबाब देखिएको छ । निष्क्रिय कर्जा अनुपात बढेर ४.८३ प्रतिशत पुगेको बैंकको प्रोभिजन भने गत आवमा मर्जर अगाडि २ वटा बैंकको भन्दा घटेको छ ।

बैंकको नाफा भने गत आर्थिक वर्षको प्रथम त्रैमासमा दुइवटा बैंकको भन्दा घटेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमासमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ५२ करोड २३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको वित्तीय विवरण प्रकाशित गरेको छ । जुन गत आर्थिक वर्षको प्रथम त्रैमासमा साविकको नेपाल इन्भेष्टमेन्ट बैंकले आर्जन गरेको १ अर्ब १४ करोड ६ लाख रुपैयाँ भन्दा ३३.४७ प्रतिशतले बढी हो ।
तर, गत आर्थिक वर्षको सोही अवधिमा मेगा बैंकले पनि ५० करोड ९२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । यस आधारमा बैंकको नाफा घटेको हो ।

गत आर्थिक वर्ष २०७९÷८० को प्रथम त्रैमास नेपाल इन्भेष्टमेन्ट बैंकको तुलनामा चालु आवको प्रथम त्रैमासमा मर्जरपछि बनेको बैंकको निष्क्रिय कर्जामा उल्लेख्य वृद्धि भएको छ । तर, गत आवको दुबै बैंकले गरेको प्रोभिजनभन्दा चालु आवको सोही अवधिमा मर्जरपछि बनेको बैंकको प्रोभिजनमा केही कमी आएको छ । गत असार मसान्तमा बैंकले बढेको निष्क्रिय कर्जाको लागि प्रोभिजन गरीसकेकोले असोमा प्रोभिजन घटेको देखिएको हो ।

गत असार मसान्तको तुलनामा कर्जा विस्तार सामान्य मात्रै बढेपनि मर्जरको प्रोत्साहनको लागि राष्ट्र बैंकले दिएको सहुलियत उपयोग गर्दै स्प्रेडदर माथि हुँदा खुद ब्याज आम्दानीमा वृद्धि देखिएको हो । तर, सञ्चालन खर्चमा उच्च वृद्धिले बैंकको नाफा भने बढ्न सकेन ।

नेपाल राष्ट्र बैंकले मर्जरमा गएको बैंकलाई एकिकृत कारोबार गरेको मितिले १ वर्षसम्म थप एक प्रतिशत स्प्रेड दर कायम गर्न पाउने व्यवस्था गरेको छ । जसले गर्दा बैंकको स्प्रेड दर राष्ट्र बैैंकले तोकेको अधिकत ४ प्रतिशतको सीमाभन्दा माथि ४.६१ प्रतिशत छ । सोही कारण बैंकको खुद ब्याज आम्दानी पनि बढेर ४ अर्ब १६ करोड पुगेको छ ।

गत आर्थिक वर्ष मर्जर अगाडि नेपाल इन्भेष्टमेन्ट बैंकले प्रथम त्रैमासमा २ अर्ब १३ करोड खुद ब्याज आम्दानी गरेको थियो । यस आधारमा बैंकको खुद ब्याज आम्दानी ९५.४० प्रतिशले बढेको छ । तर, मर्जर अगाडि प्रथम त्रैमासमा मेगा बैंकले पनि करिब १ अर्ब ८० करोड खुद ब्याज आम्दानी गरेको थियो ।

यस आधारमा गत आर्थिक वर्षको प्रथम त्रैमासमा दुबै बैंकले आर्जन गरेको खुद ब्याज आम्दानी भन्दा चालु आबको सोही अवधिमा बैंकले आर्जन गरेको खुद ब्याज आम्दानी बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?