+
+

माण्डु हाइड्रोपावरको लाभांश घोषणा, मंसिर १५ मा साधारणसभा

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १७ गते १२:४४

१७ कात्तिक, काठमाडौं । हालै सेयर बजारमा सूचीकृत भएको माण्डु हाइड्रोपावरले गत आर्थिक वर्षको नाफाबाट लाभांश दिने भएको छ ।

कम्पनीको संचालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांशको घोषणा गरेको हो । कम्पनीले कुल १३ करोड ६३ लाख रुपैयाँ बराबर नगद लाभांश लगानीकर्तालाई वितरण गर्नेछ ।

हालै सेयर बजारमा सूचीकृत भएको यो कम्पनीको मूल्य प्रतिकित्ता ४३४ रुपैयाँ छ । कम्पनीले मंसिर १५ गतेका लागि साधारणसभा बोलाएको छ । जसका लागि मंसिर ४ गते बुक क्लोजको मिति तय गरेको छ ।

कम्पनीले हाल बागमती साना जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । २२ मेगावाटको उक्त आयोजनाको कुल लागत ४ अर्ब १ करोड ९४ लाख ३७ हजार २५८ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल लागत १८ करोड २७ लाख रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?