+
+

भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री प्रचण्ड जाँदै

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १८ गते ६:१२

१८ कात्तिक, काठमाडौं । भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री प्रचण्ड आफैं जाने भएका छन् ।

जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति पौने १२ बजे ६. ४ म्याग्नेच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पले त्यस क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ ।

खोज, उद्धार र उपचार व्यवस्थाका लागि प्रधानमन्त्री प्रचण्ड आफैं प्रभावित क्षेत्रमा जान लागेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

प्रधानमन्त्री स्वास्थ्यकर्मीको टोलीसहित प्रभावित क्षेत्रमा जान लागेको उनले बताबए ।

प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि खटिन सबैलाई अपिलसमेत गरेका छन् ।

भूकम्पबाट जाजरको र रुकुम पश्चिममा क्षति भएको छ । जाजरकोटको नलगाड र रुकुमको आठविसकोट नगरपालिका र सानीभेरी नगरपालिकामा ठूलो क्षति भएको छ।

उद्धारका लागि सुर्खेतबाट तीन वटा हेलिकोप्टर परिचालन गर्ने तयारी गरिएको ५ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?