+
+

जाजरकोटमा ६.४ म्याग्निच्यूडको भूकम्प, घरहरूमा क्षति

यज्ञ खत्री यज्ञ खत्री
२०८० कात्तिक १८ गते ३:३४

१८ कार्तिक, सुर्खेत । जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको जानकारी दिए ।

भूकम्पको धक्का काठमाडौँका साथै देशैभरजसो महसुश भएको थियो ।भूकम्पबाट जाजरकोट, पश्चिम रुकुमसहितका जिल्लाहरुमा घरहरुमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ ।  भूकम्पले घरहरुमा क्षति पुगेको जाजरकोटका डिएसपी सन्तोस रोकाले बताए ।

उनका अनुसार खलंगामा भएका पुरानो घरहरू भत्किएको र मानिसको उद्दारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली लागिरहेको छ ।

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?