१८ कात्तिक, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमलाई १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
नगर कार्यपालिकाको आकस्मिक बैठकले आर्थिक सहयोग संगै घाइतेको उपचारका लागि जनस्वास्थ्य निरीक्षक रामेश्वर ढकालसहित ५ जना स्वास्थ्यकर्मीको टिम, एम्बुलेन्स, औषधी, त्रिपाल, उद्धार सामग्री हित जाजरकोट र रुकुम पश्चिम पठाउने निर्णय समेत गरेको छ ।
नगरप्रमुख रामकृष्ण खाँणले स्वास्थ्यकर्मीको टोलीलाई आफूले प्रयोग गर्दै आएको गाडी उद्धार कार्यका लागि पठाएको बताए ।
स्वास्थ्यकर्मीको टोलीलाई भूकम्प प्रभावित क्षेत्रमा पठाउने क्रममा नगरप्रमुख खांणसहितको टोलीले आवश्यक परे नगरपालिका सहयोग गर्न तयार रहेको जानकारी गराएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4