+
+

भूकम्पमा परी मृत्यु हुनेको संख्या १४३ पुग्यो, १६६ घाइते

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १८ गते १६:१६
जाजरकोटमा रामीडाँडा केन्द्र विन्दु बनाएर शुक्रबार राति आएको भूकम्पले भेरी नगरपालिका–३ ठाँटीबजारमा भत्किएका घर ।

१८ कात्तिक, काठमाडौं । जाजरकोट र रुकुमपश्चिममा भूकम्पमा परी मृत्यु हुनेको संख्या १४३ पुगेको छ । जाजरकोटमा मात्रै १०५ जनाको मृत्यु भएको छ भने ८१ जना घाइते भएका छन् ।

जिल्ला प्रशासन कार्यालय, जानरकोटका अनुसार भेरी नगरपालिकामा ४२, नलगाड नगरपालिकामा ५५, कुशे गाउँपालिकामा ७ र छेडागाड नगरपालिकामा १ जनाको मृत्यु भएको छ ।

यसैगरी रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले आज अपराह्न साढे ३ बजे अध्यावधिक गरेको विवरण अनुसार भूकम्पमा परी १४३ जनाको मृत्यु भएको छ भने १६६ जना घाइते भएका छन् ।

गएराति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको बारेकोट गाउँपालिका केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?