+
+

रुकुम पश्चिममा सशस्त्रले पठायो १० हजार ७०० टेन्टसहितका कन्टेनर

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १९ गते ११:३७

१९ कात्तिक, काठमाडौं । सशस्त्र प्रहरी बलले रुकुम (पश्चिम)का भूकम्प पीडितका लागि १० हजार ७०० टेन्ट पठाएको छ ।

आज बिहान ४ बजे सहायक निरीक्षक रामविश्वास यादवसहितको सुरक्षा फौज डिजास्टर रेस्पोन्स सिस्टम (डीआएस) कन्टेनरसहित रुकुम पश्चिम हिंडेको छ ।

सशस्त्र प्रहरी सहायक निरीक्षक रामविश्वास यादवसहितको सुरक्षा फौज आज बिहान पौने ४ बजे तीन वटा कन्टेनरमा १० हजार ७ सय थान टेन्ट लिएर प्रभावित क्षेत्र हिँडेको हो ।

नं. २२ गुहेश्वरी गण भक्तपुरमा रहेको १० हजार थान टेन्ट र उपत्यकास्थित सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार उपत्यका गणमा रहेको ७०० थान टेन्ट त्यहाँ पठाइएको सशस्त्र प्रहरीका डीएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

यसअघि भूकम्प पीडितहरुको लागि आवश्यक सामग्रीसहित दाङबाट पश्चिम रुकुम र सुर्खेतबाट जाजरकोटको लागि दुई वटा डिजास्टर रिलिफ सिस्टम (डीआरएस) कन्टेनर पठाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?