+
+

सांसद पौडेलले एक महिनाको तलब भूकम्प पीडितलाई दिने

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १९ गते ११:५६

१९ कात्तिक, काठमाडौं । प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले जाजरकोट भूकम्प पीडितको राहत र पुनस्र्थापनाका लागि सरकारको कोषमा संघीय सांसदको रुपमा प्राप्त हुने एक महिनाको तलब दिने भएका छन् ।

जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति ११ बजेर ४७ मा गएको ६.४ म्याग्निच्यूडको भूकम्पमा परी जाजरकोट र रूकुम पश्चिममा निकै ठूलो मानवीय एवं भौतिक क्षति पुगेको छ । भूकम्पमा परी कैयौं नागरिकले ज्यान गुमाएका छन्, सैयौं घाइते भएका छन् ।

‘विपत्तिको समयमा भूकम्पले क्षति पुर्‍याएका ठाउँमा मानवीय उद्धारको कामलाई अझ तीब्र बनाउँन र पुनस्र्थापनाका लागि सरकारको कोषमा संघीय सांसदको रुपमा प्राप्त हुने एक महिनाको तलब हस्तान्तरण गर्ने घोषणा गर्दछु’ सांसद पौडेलले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?