+
+

कांग्रेस महासमिति बैठक दुई साता पछि सर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १९ गते १२:०९

१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक दुई साता पछि सरेको छ । आज आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मंसिर २९ देखि महासमिति बैठक गर्ने निर्णय गरेको हो ।

यसअघि मंसिर १३ देखि १५ गतेका लागि तोकिएको थियो ।

तिहार अगाडि औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ । यसका कारण मंसिरको १३ र १५ गते भनिएको महासमिति बैठक समेत सरेको छ । कांग्रेसले महासमितिको अर्को बैठक मंंसिर २९ तथा पुसको १ र २ गते गर्ने निर्णय गरेको छ ।

बैठकले जाजरकोट र रुकुममा गएको भूकम्पबाट भएको क्षतिलाई गम्भीर र दु:खद घटनाका रुपमा लिँदै प्रभावितलाई उद्धार, राहत र पुनर्स्थापनाका लागि गम्भीर हुन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

कांग्रेसले आइतबार राहत सामग्री उपलब्ध गराउन र स्वास्थ्य उपचार गर्नका लागि पार्टीका तर्फबाट सदस्यले जम्मा गरेको कोषबाट पचास लाख दिने गरेको थियो । आइतबार बसेको कार्यसम्पादन समिति बैठकले त्यसलाई अनुमोदन गरेको छ ।

‘यो रकम पर्याप्त होइन, अझैँ थप रकम पुर्‍याउनका लागि पार्टी संगठन भित्रका पदाधिकारी साथी, जनप्रतिनिधिलाई पार्टीको विपद व्यवस्थापन कोषमा रकम जम्मा गर्नका लागि अपिल गर्ने भनेका छौँ’, प्रचार विभाग प्रमुख मिन विश्वकर्माले भने, ‘यही निर्णयअनुसार कांग्रेस नेता जिप छिरिङ लामाले ११ लाख र दिव्यमणि राज भण्डारीले पाँच लाख दिने निर्णय गर्नुभयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?