+
+
Shares

भूकम्प पीडितका लागि पर्यटनसँग सम्बन्धित संस्थाले स्थापना गरे राहत कोष

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १९ गते १९:१०

१९ कात्तिक, काठमाडौं । पर्यटनसँग सम्बन्धित संघ संस्थाहरुले भूकम्प पीडितको सहयोगका लागि राहत कोष स्थापना गरेका छन् ।

होटल संघ नेपाल (हान), नाट्टा, टान, एनएमए, नारा, एओएएन, स्कल नेपाल, एनटीभीए, टीवान, पाटा नेपाल च्याप्टर, वल्र्ड टुरिजम नेटवर्क नेपाल च्याप्टर लगायतका संघ संस्थाहरुको संयुक्त रुपमा यस्तो कोषको स्थापना गरेका हुन् ।

१७ कात्तिकको मध्यरातमा जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पका कारण ठूलो धनजनको क्षति भएको प्रति व्यवसायीले गहिरो दुःख व्यक्त समेत गरेका छन् ।

उनीहरुले भूकम्प पीडितहरुका लागि राहत कोष स्थापना गरी प्रभावित क्षेत्रका व्यक्ति तथा परिवारलाई सरकार तथा सम्बन्धित निकायसँगको सहकार्य र समन्वयमा छिटोभन्दा छिटो सहयोग पु¥याउने निर्णय भएको हानले जनाएको छ ।

भूकम्पबाट प्रभावित व्यक्ति तथा परिवारका लागि पर्यटन सम्बन्धी सीप अभिवृद्धि तालिम सञ्चालन गरी ‘अर्न एण्ड लर्न’ को अवधारणा अन्तर्गत कार्यक्रमहरु सञ्चालन गर्ने समेत निर्णय गरेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?