+
+

वायुसेवा निगमले भूकम्पका घाइते र कुरूवासँग भाडा नलिने

राहत सामग्रीको ढुवानी निःशुल्क

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १९ गते १९:११

१९ कात्तिक, काठमाडौं । नेपाल वायुसेवा निगमले भूकम्प प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइते र कुरुवाको हवाई भाडा निःशुल्क गर्ने निर्णय गरेको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत घाइते र कुरुवाको भाडा नलिने निर्णय भएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

उनका अुनसार नेपाल सरकारको समन्वयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट प्राप्त हुने राहत सामग्री ढुवानी निःशुल्क गर्ने निर्णय समेत निगमले गरेको छ ।

जहाजको क्षमता, ठाउँ उपलब्धताका आधारमा निगमको उडान हुने सेक्टरबाट सेड्यूल उडानमा निःशुल्क ढुवानी गर्ने निर्णय भएको प्रवक्ता पौडेलले जानकारी दिए ।

शुक्रबार राति पश्चिम नेपालमा गएको भूकम्पपछि निगमले शनिबार बिहान काठमाडौंबाट तत्काल उद्धार उडान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?