+
+

रास्वपाले मधेसमा गर्न लागेको बैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २० गते १५:३०

२० कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले मधेसमा गर्न लागेको केन्द्रीय समिति र संसदीय दलको बैठक स्थगित गरेको छ ।

पार्टी संयन्त्र भूकम्प पीडितको उद्धार र राहतमा संलग्न रहेकाले बैठक स्थगति गरिएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । कात्तिक २२ र २३ गतेका लागि मधेसमा केन्द्रीय समिति र संसदीय दलको बैठक बस्ने निर्णय पार्टीले गरेको थियो ।

अर्को बैठकमा छठ पछि बस्ने रास्वपाले जनाएको छ । ‘धेरै नेताहरु प्रभावित स्थानमा खटिनु भएको छ । राहत, उद्धार र औषधी व्यवस्थापनका लागि पार्टीका नेता कार्यकर्ता लागिरहनुभएको छ, सहमहामन्त्री बुर्लाकोटीले अनलाइनखबरसँग भने ।

महोत्तरीमा बैठक गर्ने गरि पार्टीले तयारी गरिरहेका बेला जाजरकोट र पश्चिम रुकुममा भूकम्पले मानवीय तथा भौतिक क्षति पुर्‍याएपछि बैठक स्थगित गरिएको हो ।

बैठक छठ पछि मात्रै बस्ने रास्वपाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?