+
+

‘दिमाग खराब’ र ‘द मार्वल्स’लाई फिल्म हलले कति अनुपातमा बाँडे शो ?

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २१ गते १७:३७

काठमाडौं । फिल्मको सफलतामा शो सबथोक होइन तर यसले बक्स अफिस भविष्यको संकेत भने दिन्छ । दशकअघि निश्चल बस्नेतको ‘लुट’लाई क्यूएफएक्सले कम्तीमा १५ हाराहारीमा शो दिएको थियो ।

जसै फिल्मले पिकअप लियो, शोमा वृद्धि भएर शोको संख्या नै ५० भन्दा उकालो लाग्यो । पछिल्लो समय निर्देशक, निर्माता, कलाकारको हाइप हेरेर हलले शो निर्धारण गर्ने गरेका छन् ।

दशकपछि उनै बस्नेतको पछिल्लो फिल्म ‘दिमाग खराब’लाई क्यूएफएक्सले ५८ शो दिएको छ । आईएनआईले १४, वान सिनेमाजले १०, एफक्युबले ६, बिग मुभिजले ५, क्युजले ५, रञ्जनाले ७, सीकेले ५, सिने द सेफले ३ शो दिएका छन् ।

‘दिमाग खराब’लाई हलले दिएको यो शो भने ‘सन्तोषजनक’ मात्र हो । हलले अहिलेलाई पहिलो सप्ताहन्त (शुक्रबार र शनिबार)को लागि मात्र शो दिएका छन् । त्यसपछि फिल्मको शो संख्या कसरी अघि बढ्छ, त्यो ‘वर्ड अफ माउथ’मा निर्भर हुनेछ ।

शुक्रबार नै प्रदर्शन हुन लागेको हलिउडको प्रतीक्षित सुपरहिरोइन फिल्म ‘द मार्वल्स’लाई क्यूएफएक्सले देशभरका आउटलेटमा ४८ शो दिएको छ । यो भनेको क्यूएफएक्सले ‘दिमाग खराब’लाई दिएको भन्दा १० शोले कम हो । थ्रीडी प्रविधिमा रिलिज हुन लागेको ब्री लार्सन स्टारर यो फिल्म मार्वल सिनेम्याटिक युनिभर्सको पछिल्लो श्रृंखला हो ।

कुल मिलाएर क्यूएफएक्सले ‘दिमाग खराब’ र ‘द मार्वल्स’लाई ४० र ५० को अनुपातमा शो विभाजन गरेको देखिन्छ । आइतबार लक्ष्मीपूजाको दिनमा सलमान खान स्टारर बलिउड फिल्म ‘टाइगर ३’ रिलिज हुँदैछ । त्यसपछि तीन फिल्मलाई हलले शो विभाजन गर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?