+
+

जाजरकोटमा भूकम्पबाट एक लाख ८० हजार नागरिक प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २२ गते १०:५९

२२ कात्तिक, जाजरकोट । जाजरकोटमा गत शुक्रबार गएको भूकम्पबाट करिब एक लाख ८०   हजार नागरिक प्रभावित भएका छन् ।

जिल्लामा कुल ३४ हजार ५०१ घरधुरीका एक लाख ७९ हजार ८९३ नागरिक भूकम्पबाट प्रभावित भएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ ।

जिल्लामा ९ हजार १८६ घरधुरीका ६७ हजार १७४ जनसंख्या विस्थापित बनेको छ ।

प्रशासनको तथ्यांकअनुसार जिल्लाका ७ स्थानीय तहका ९ हजार ९७४ घर पूर्णरुपमा भत्किएका छन् भने २४ हजार ७०७ घरमा आंशिक क्षति पुगेको छ ।

जाजरकोटमा मात्रै भूकम्पबाट १०१ जनाको मृत्यु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?