+
+

‘सामबहादुर’ ट्रेलर : गोर्खालीलाई प्रेरणा दिने भारतीय पूर्वसेनापतिको कथा

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २२ गते १२:४३

काठमाडौं । ‘यदि कसैले मर्न डराउँदिन भन्छ भने या त ऊ झूठो बोल्दैछ, या त ऊ गोर्खा हो’ भारतीय सेना तथा आठौं गोर्खा रेजिमेन्टका पूर्वप्रमुख साम मनेक्सको यो अभिव्यक्ति अहिले पनि चर्चित छ । उनै मनेक्साको जीवनमाथि बनेको फिल्म ‘सामबहादुर’को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको शीर्ष भूमिकामा विक्की कौशलले अभिनय गरेका छन् ।

मनेकशा सन् १९७१ मा भएको भारत-पाक युद्धको बेला भारतीय सेना प्रमुख थिए । ट्रेलरमा कौशलसहित फातिमा सना शेख र सान्या मल्होत्रा लगायतले अभिनय गरेका छन् । मेघना गुलजार निर्देशित यो फिल्म डिसेम्बर १ मा रिलिज हुँदैछ । सोही मितिमा यो फिल्म रणवीर कपुरको ‘एनिमल’सँग जुध्दैछ ।

मनेक्सा गोर्खाली सैनिकलाई माया गर्ने भारतीय सेना प्रमुखको रुपमा समेत चर्चित छन् । गोर्खा रेजिमेन्टबाट भारतीय सेनाको प्रमखु हुने उनी पहिलो व्यक्ति समेत हुन् ।

फिल्मको ट्रेलर गुरुवाणीको पंक्तिबाट सुरु हुन्छ, जहाँ साम मानेकशाले आफ्ना सिपाहीलाई लडाइँमा हार नमान्न प्रेरित गरेको देखिन्छ । त्यसपछि मानेकशाले कसरी भारतीय सेनाको नेतृत्व गरे र भारतलाई सन् १९७१ को भारत–पाक युद्ध जित्न मद्दत गरे भनेर चित्रण गरिएको छ ।

ट्रेलरमा विक्कीबाहेक पूर्वभारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिकामा फातिमा सना शेख र सामकी पत्नीको भूमिकामा सान्या मल्होत्रा पनि देखिएका छन् ।

फिल्ममा साम मानेकशको जीवनका धेरै महत्वपूर्ण पक्षलाई प्रस्तुत गरिए पनि यसले मुख्यतया सन् १९७१ को भारत-पाकिस्तान युद्धलाई देखाउँछ । फिल्मले भारतीय सेनाप्रति मानेकशाको जोश र उत्साह देखाएको छ, जुन ट्रेलरमा प्रस्ट देखिन्छ ।

मानेकशाले ४० वर्ष युनिफर्म लगाएर देशको सेवा गरेका थिए र उनको शैलीलाई विक्की कौशलले फिल्ममा ठ्याक्कै नक्कल गरेका छन् । समग्रमा ट्रेलर उत्कृष्ट छ र विक्की कौशलको अभिनय उत्कृष्ट छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?