+
+

एमालेका ६ केन्द्रीय सदस्यको पद रिक्त

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २२ गते १६:२५

२२ कात्तिक, काठमाडौं । नेकपा एमालेका ६ जना केन्द्रीय सदस्यको पद रिक्त भएको छ । पार्टी विधानको व्यवस्था अनुसार, प्रदेश अधिवेशनमा उम्मेदवार बनेका केन्द्रीय सदस्यहरुको पद रिक्त भएको हो ।

पद रिक्त भएको जानकारी बुधबार बसेको सचिवालय बैठकमा दिइएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए । प्रदेश अध्यक्षको उम्मेदवार बनेकाले गुलाबजगं शाह, कैलाश ढुंगेल, हरि रिजाल, मायानाथ अधिकारी, कृष्णप्रसाद दाहाल र विनोद ढकालको पद रिक्त भएको हो ।

शाह कर्णाली र ढुंगेल बागमती प्रदेशको अध्यक्ष निर्वाचित भएका छन् । तर रिजाल, अधिकारी, दाहाल र ढकाल प्रदेश अध्यक्षमा पराजित भएका थिए । रिजाल लुम्बिनी, अधिकारी गण्डकी, दाहाल वागमती र ढकाल कोशी प्रदेश अध्यक्षको उम्मेदवार बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?